बागलुङ बस दुर्घटना : पत्रकार विक्रम परियारको पनि निधन

काठमाडौं । बागलुङको निसीखोला गाउँपालिकामा सोमबार साँझ भएको बस दुर्घटनामा रुकुमपूर्वका पत्रकार विक्रम परियारको पनि निधन भएको छ । बस दुर्घटनामा अहिलेसम्म ज्यान गुमाउने ९ जनामध्ये एक जना पत्रकार परियार हुन् ।

पूर्वीरुकुमबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश०१–००६ख३८७९ नम्बरको बस मंगलबार साँझ बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको थियो ।

अन्नपूर्ण पोष्ट र रेडियो पूर्वी रुकुममा कार्यरत पत्रकार परियार राष्ट्रिय दलित पत्रकार संघको राष्ट्रिय महाधिवेशनमा सहभागि हुन काठमाडौँ जाँदै गर्दा दुर्घटनामा परेका हुन् । २५ वर्षीय पत्रकार परियार रुकुमपूर्वको नेपाल पत्रकार महासंघ जिल्ला शाखाको सहसचिव र प्रेस सेन्टरको जिल्ला उपाध्यक्ष समेत थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बझाङमा कांग्रेसले एमाले उछिन्यो, अभिषेकलाई २६४ मतको अग्रता (मतसहित)

काठमाडौं । बझाङमा प्रदेश सभा क्षेत्र नम्बर १ (१) को पछिल्लो मतगणनाअनुसार नेपाली कांग्रेसका अभिषेक …

प्रतिकृया दिनुहॊस