महिन्द्रराय यादव पक्षले बोलायो आकस्मिक बैठक

काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)मा अध्यक्ष डा बाबुराम भट्टराई पक्षले माओवादी केन्द्रसँग एकता प्रक्रियामा जाने नेताहरूलाई पदमुक्त गरेपछि अर्का अध्यक्ष महिन्द्र राय यादव पक्षधरले आकस्मिक बैठक बोलाएका छन् ।

सोमबार बसेको नेसपाको केन्द्रीय समिति बैठकले अर्का अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ, महासचिव रमेशप्रसाद यादव लगायत नेताहरूलाई पदमुक्त गरेको थियो । उक्त निर्णयप्रति आपत्ति जनाउँदै महिन्द्र पक्षले मंगलबार केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको हो ।

बैठक बिहान ११ बजे नयाँ बानेश्वरमा बस्ने महासचिव यादवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नेसपाका अध्यक्ष भट्टराई भने बैठकमा सहभागी बिनै गत शनिबार महिन्द्रराय, सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादवले माओवादीसँग एकता गर्ने सहमति गरेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुहाङले ८ हजार ८ सय मत कटाउँदा नेकपा एसका जीतबहादुरले पाए २४० मत

काठमाडौं । इलाम क्षेत्र नम्बर-२ मा भएको प्रतिनिधिसभाको उपनिर्वाचनमा एमालेको अग्रता फराकिलो बन्दै गएको छ …

प्रतिकृया दिनुहॊस