सीजी ब्रान्डका स्मार्ट प्रविधियुक्त फ्यान र कुलर बजारमा

काठमाडौँ । जाडो सकिएर गर्मी सुरु भएको छ। यसलाई मध्यनजर गरी सीजी ब्रान्डले स्मार्ट प्रविधियुक्त फ्यान र कुलर ल्याएको छ।

सीजी ब्रान्डका कुलरहरूलाई कार्यक्षमता र उद्देश्यका आधारमा ५ विधिन्न वर्गमा विभाजन गरिएको कम्पनीले जनाएको छ। यसअनुसार डेजर्ट कुलर, कमर्सियल कुलर, पर्सनल कुलर, टावर कुलर र उइन्डो कुलर रहेका छन्।

राम्रो डिजाइन र उच्च कोटीको ऊर्जाका साथै सबै मौसम प्रतिरोधी बडीमा समेटिएको र टच प्यानल, रिमोट कन्ट्रोल, आईओटी कम्प्याटिबिलिटी, स्मार्ट किसिमले नियन्त्रण, थर्मल ओभरलोड प्रोटेक्सन, क्वाड्रा फ्लो टेक्नोलोजी जस्ता नवीन र परिष्कृत सुविधाहरूले भरिएको कम्पनीको भनाइ छ।

हनीकोम्ब प्याड, ३६० डिग्री टर्बो कुलिङ, एरोडायनामिक फ्यान ब्लेड, डस्ट फिल्टर र आइस चेम्बरलगायतका सबै कुलरहरू पनि ब्याज फाइनान्स योजना र १२ महिनाको वारेन्टीको साथ उपलब्ध छन्। कुलिङको लागि एकदमै क्लासिक र उच्चस्तरीय मोड खोज्ने ग्राहकलाई सीजीले स्टाइलिस र उच्च स्तरीय सिलिङ, स्ट्यान्ड, वाल, टेबल फ्यानहरू ल्याएो छ।

यी सबै फ्यानहरू अति उच्च प्रविधिका साथ ३ र ५ स्पिड कन्ट्रोल भएको, हेभी मेटल बडी, एरोडायनामिकली डिजाइन गरिएको एल्युमिनियम ब्लेडहरू, वाइड एंगल ओसिलेसन, बिल्ट–इन टाइमर, बलियो र भरपर्दो मोटर जस्ता उच्च प्रविधियुक्त विशेषताहरूले भरिएका कम्पनीले जनाएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एमएडब्लू हायर पर्चेजले पायो उत्कृष्ट करदाताको सम्मान

काठमाडौं । आन्तरिक राजश्व कार्यालय विराटनगरले एमएडब्लू हायर पर्चेजलाई यो पटकको उत्कृष्ट करदाताको सम्मान प्रदान …

प्रतिकृया दिनुहॊस