काठमाडौं । नबिल बैंकको मोबाइल बैंकिङ एप १० लाखभन्दा धेरै डाउनलोड भएको छ । गुगलको प्लेस्टोरबाट उक्त एप डाउनलोड गर्ने संख्या १ मिलियन पार भएको हो ।
३ सय १३ वटा एटीएम रहेको नबिल बैंकका देशभर २६८ शाखा छन् । पछिल्लो समय डिजिटल भुक्तानी बढ्दै जाँदा मोबाइलबाटै बैंकिङ कारोबार बढेको छ ।
मोबाइल फोन रिचार्जदेखि बिजुली, खानेपानी र टिभी–इन्टरनेटको शुल्कसमेत मोबाइल बैंकिङ एपबाटै बुझाउन सकिन्छ भने इन्स्योरेन्सको किस्ता समेत एपबाटै भुक्तानी गर्न सकिन्छ ।
तपाईंको प्रतिकृया




