सुनको मूल्यमा लगातार नयाँ कीर्तिमान, आइतबार १ लाख २६ हजार पुग्यो

काठमाडौं । नेपाली बजारमा आज (आइतबार)पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । मंगलबारदेखि रेकर्ड राख्न सुरु गरेको सुनको मूल्यले आइतबार पनि निरन्तरता पाएको हो ।

शुक्रबार प्रतितोला १ लाख २५ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । आज छापावाला सुन प्रतितोला १ लाख २६ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने आज तेजाबी सुन तोलामा १ लाख २५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको हो ।

चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला १ हजार १४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २१ सय ७९ अमेरिकी डलरमा कारोबार भइरहेको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सामाजिक सुरक्षाको प्रत्याभूति गराउने कार्यमा लगानी कोष

काठमाडौँ । नागरिक लगानी कोषले सामाजिक सुरक्षाको प्रत्याभूति गराउने कार्य गरिरहेको बताएको छ । कोषको …

प्रतिकृया दिनुहॊस