नेपाली बजारमा भित्रियो आइसरको इन्जिन आयल

काठमाडौं । नेपालका लागि आइसर कमर्सियल भेहिकल्सको आधिकारिक वितरक बतास एमएडब्लू कमर्सियल भेइकल प्रालिले आइसरको इन्जिन आयल भित्र्याएको छ । कम्पनीका प्रमुख प्रबन्ध निर्देशक शान्तराज बतासले आइसरको इन्जिन आयल बजारमा ल्याएको जानकारी दिएका हुन् ।

इन्जिन आयल सार्वजनिक गर्न आयोजित कार्यक्रममा प्रमुख प्रबन्ध निर्देशक बतासले आइसर इन्जिन आयल र स्पेयर पार्टस्सहित व्यवसायीका लागि कम्प्लिट सोलुसन उपलब्ध गराउने उद्देश्यका साथ नेपालमा बजार विस्तार गरेको बताए । सबै व्यवसायीका साथमा रहेर गुणस्तरीय इन्जिन आयल र स्पेयर पार्टस्समेत उपलब्ध गराउन प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

कुनै पनि इन्जिन विशेष प्रविधिअनुरूप बन्ने हुनाले त्यसमा प्रयोग हुने ल्युब पनि विशेष प्रकारको हुने उनको भनाइ थियो । जसले गर्दा इन्जिनको पर्फमेन्स बढ्नुका साथै इन्जिनको आयु पनि बढ्ने बतासले बताए । गुणस्तरीय ल्युब प्रयोग गरी आफ्नो गाडीको कार्यक्षमता बढाउनुका साथै वारेन्टी कभरेज कायम राख्दै र पुनर्विक्रय मूल्यको संरक्षण गर्दै आफ्नो सवारीसाधनको अधिकतम कार्यसम्पादन, दीर्घायु र दक्षता सुनिश्चित गर्न ग्राहकले आइसर उत्पादकहरूले सिफारिस गरेका वास्तविक लुब्रिकेन्टहरू प्रयोग गर्नु बुद्धिमानी विकल्प रहेको प्रमुख कार्यकारी अधिकृत दीपककुमार अग्रवालले बताए ।

आइसर ल्युब फोर ह्विलर, कमर्सियल, हेभी इक्विपमेन्ट आदि सबै सवारीसाधनमा उक्त इन्जिन आयल प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १९ पैसा र बिक्री दर १३३ रुपैयाँ ७९ पैसा पुगेको छ ।

प्रतिकृया दिनुहॊस