एलआइसीको चाबहिल शाखाले दियो २० लाख दाबी भुक्तानी

काठमाडौं । एलआइसी नेपालले बीमा दाबी रकम भुक्तानी गरेको छ । कम्पनीले फागुन १८ गते शुक्रबार काठमाडौँ जिल्ला बुढानिलकण्ठ नगरपालिका कपन निवासी स्व. ङिमा रिन्जी शेर्पाको परिवारलाई जीवन बीमा वाफतको २२ लाख २० हजार रुपैयाँको चेक हस्तान्तरण गरेहो को ।

स्व. शेर्पाका भतिज दावा शेर्पालाई उक्त मृत्यु दावी वाफतको रकम कम्पनीका चाबहिल शाखाका शाखा प्रमुख नरेन्द्र बिष्ट र अभिकर्ता डोमा शेर्पाको संयुक्त उपस्थितिमा हस्तान्तरण गरिएको हो । स्व. बीमित शेर्पाको केही महिना अघि उपचारको क्रममा निधन भएको थियो ।

उनले दुई वर्ष पहिले अभिकर्ता डोमा शेर्पा मार्फत २० लाख रुपैयाँको जीवन बीमा गराएका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल लाइफ इन्स्योरेन्सद्वारा आगलागी पिडितहरूलाई राहत सामग्री वितरण

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ६ मा आगलागीका कारण …

प्रतिकृया दिनुहॊस