होस्टेलमा मृत भेटिएकी शालिनको शव पोष्टमर्टमका लागि टिचिङ अस्पतालमा

काठमाडौं । चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन स्कुलको होस्टेलमा मृत भेटिकएकी १४ वर्षीया शालिन पोख्रेलको शब पोष्टमार्टमका लागि काठमाडौं ल्याइएको छ ।

गत शनिबार बिहान झुण्डिएको अवस्थामा मृत भेटिएकी उनको शब काठमाडौंस्थित टिचिङ अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी श्रीराम भण्डारीले जानकारी दिएका छन् । पोख्रेल होस्टलको कोठामा रहेको सिलिङको पंखामा डोरीमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।

उनको मृत्यु भएपछि मृतकका आफन्तले ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दिएका थिए । सो जाहेरीपछि प्रहरीले वडा नम्बर १० कै ६० वर्षीय बालहरि देवकोटा, ४० वर्षका किरणबहादुर अधिकारी र ४८ वर्षीय कमल शर्मा पौडेललाई मंगलबार पक्राउ गरेको थियो । बालहरि उक्त स्कुलका प्रधानाध्यापक, किरणबहादुर सहप्रधानाध्यापक र कमल होस्टेलका वार्डेन हुन् ।

उनीहरूमाथि अनुसन्धान गर्न सात दिन हिरासतमा राख्न चितवन जिल्ला अदालतले अनुमति समेत दिएको छ । तर, उनका परिवारले भने उनको आत्महत्या नभई बलात्कारपछि हत्या गरिएको दाबी गरिरहेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पक्राउपछि अधिकारी सांसदबाट निलम्बित

काठमाडौं । कोशी प्रदेश सरकारका पूर्वमन्त्री तथा एमाले नेता लिलाबल्लभ अधिकारी पक्राउ परेको विषयमा कोशी प्रदेशसभाले सूचना टाँस गरेर जानकारी दिएको छ । कोशी प्रदेश सभाले प्रदेशसभा नियमावलीको नियम १९० को उपनियम २ अनुसार जानकारी दिएको उल्लेख छ । मानव बेचबिखनको आरोपमा अनुसन्धानका लागि प्रहरीले आइतबार अधिकारीलाई विराटनगरबाट पक्राउ गरी काठमाडौँ ल्याएको छ ।

प्रतिकृया दिनुहॊस