संघीय संसद्का दुवै सदनको बैठक आज (कार्यसूची)

काठमाडौं । संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक १२:९ बजे बस्नेछ ।

प्रतिनिधिसभाको बैठकमा सभामुखले कार्यव्यवस्था परामर्श समितिमा सदस्यको नाम हेरफेर गर्ने कार्यसूची रहको छ । परराष्ट्र मन्त्रीले ‘विमस्टेक वडापत्र’ प्रस्तुत गर्नेलगायत सम्भावित कार्यसूची छ ।

यस्तै राष्ट्रियसभा बैठकमा राष्ट्रियसभा नियमावली, २०७५ को नियम ‘२२६क’ बमोजिम लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने सभाका सदस्यहरूको तर्फबाट अनिता देवकोटाले ‘निर्वाचन क्षेत्र (प्रदेश) विकास निर्माण, शान्ति सुव्यवस्थालगायत कार्यहरूको अनुगमन, निरीक्षण र मूल्यांकनको प्रतिवेदन, २०८०’ पेस गर्नेलगायत सम्भावित कार्यसूची छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिन्धुली बस दुर्घटनामा बैंकका २५ जना कर्मचारी घाइते

काठमाडौं । बैंकका कर्मचारी सवार पर्यटक बस बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ तल्लो बारामा …

प्रतिकृया दिनुहॊस