भिभो भी३० बजारमा आउँदै, कस्ता छन् फिचर ?

काठमाडौं । भिभो भी३० स्मार्टफोन बजारमा आउँदै छ। यसमा अत्याधुनिक प्रविधि भएकाले फोनले प्रयोगकर्तालाई आकर्षित पार्ने कम्पनीले जनाएको छ । यो स्मार्टफोनले फोटोग्राफीको अनुभवलाई नयाँ उचाइमा पुर्याउने कम्पनीको दाबी छ ।

भिभो भी३० ले भी सिरिजको सिग्नेचर औरा लाइट र स्लिम डिजाइनलाई कायम राखेको छ । यो स्मार्टफोन भिभोको ५ हजार एमएएचको विशाल ब्याट्री भएको सबैभन्दा पातलो स्मार्टफोन हो ।

कम्पनीले भनेको छ, ‘भी३० ले ड्रप सिमुलेसन र चरम तापक्रम परीक्षणहरूसहित ७० भन्दा बढी कठोर परीक्षणहरू सफलतापूर्वक पार गरेको छ । साथमा थ्रीडी कर्भ स्क्रिनले यसलाई हाइ एन्ड स्र्माटफोनको अनुभूति दिनेछ । उत्कृष्ट १२० हर्ट्ज रिफ्रेस रेटको साथमा भि३० ले स्टनिङ भिजुअल प्रदान गर्नेछ ।’

भि३०मा ५० एमपी एएफ अल्ट्रा वाइड-एंगल क्यामेरा फिचर, आकर्षक ८० वाटको फास्ट चार्जिङ सुविधा छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिजीले ल्यायो बीएलडीसी सिलिङ फ्यान बजारमा

काठमाडौँ । चौधरी ग्रुप अन्तर्गतको सीजी ब्राण्डले पनि बढ्दो गर्मी यामलाई मध्यनजर गर्दे बीएलडीसी सिलिङ …

प्रतिकृया दिनुहॊस