तनहुँ जन्ती जीप दुर्घटना : मृतकको संख्या तीन पुग्यो

तनहुँ । जन्ती बोकेको बोलेरो जीप तनहुँको आबुँखैरेनी गाउँपालिका-१ गिराउनचौरमा सोमबार बिहान दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । दुर्घटनामा गम्भीर घाइते हुनु भएका आँबुखैरेनी-६ बस्ने ५६ वर्षका शेरबहादुर गुरुङको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएपछि उक्त सङ्ख्या पुगेको हो ।

यसअघि आबुखैरेनी गाउँपालिका-६ छापस्वाँरा बस्ने ७२ वर्षका आसपुर गुरुङ र व्यास नगरपालिका-९ गजौडे बस्ने १७ वर्षकी तुलसी गुरुङको घटनास्थलमै मृत्यु भएको थियो । मृत्यु हुने तुलसी बेहुलीको बहिनी हुनुहुन्छ भने आसपुर र शेर बहादुर सहोदार दाजुभाइ हुन् । आँबुखैरेनीको बरादी-हिलेखर्क स्थित भित्री सडक खण्डमा जन्ती लिएर फर्किने क्रममा बा १८ च ५९२१ नम्बरको बोलेरो जिप दुर्घटना भएको हो ।

जीप अनियन्त्रित भई सडक देखी करिब पाँच सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिए । प्रनाउ खाँडका अनुसार दुर्घटनामा चालक सहित १५ जना यात्रु घाइते भएका छन् । घाइते भएकामध्ये नौ जनाको चितवन मेडिकल कलेज र छ जनाको स्थानीय आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ ।

आबुखैरेनी गाउँपालिका-६ प्युघर बस्नेहरू वर्ष १५ की सुबिना गुरुङ, वर्ष ६७ को मनबहादुर गुरुङ, वर्ष ३८ की सुकमाया गुरुङ, वर्ष ६ की एलिसा गुरुङ सोही वडाको छापश्वारा बस्ने वर्ष १९ की सबिता गुरुङ घाइते हुनु भएको छ । यसैगरी बन्दीपुर गाउँपालिका-३ सुखौरा बस्ने वर्ष १० को शिसिर गुरुङ, चालक आबुखैरेनी गाउँपालिका-१ गिराउनचौर बस्ने वर्ष ३८ को राजकुमार विश्वकर्मा घाइते छन् ।

आबुखैरेनी गाउँपालिका-६ छापस्वारा बस्ने वर्ष ५६ को सोमलाल गुरुङ, आबुखैरेनी गाउँपालिका-६ प्युघरफाँट बस्ने वर्ष ७० को भक्कुलाल गुरुङ, आँबुखैरेनी-६ बस्नेहरू वर्ष ३६ की आसमाया गुरुङ, वर्ष १०की दीक्षा गुरुङ, वर्ष ५२ को सेते गुरुङ, वर्ष ३६ की चिजकुमारी गुरुङ, उहाँको छोरा १८ महिनाको सुसान गुरुङ र वर्ष ३७ की सुनिता गुरुङ घाइते छन् । दुर्घटनाको बारेमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस