निगमले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आजदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गरेको हो ।

निगमले बिहीबार विज्ञप्ति जारीगरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई/दुई रूपैयाँ मुल्य बढेको जानकारी दिएको छ । निमगका अनुसार खाना पकाउने एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत राखिएको छ । निगमले भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार नयाँ मूल्य निर्धारण गरिएको जनाएको छ ।

बिहीबार आइओसीले पेट्रोलमा प्रतिलिटर १ रूपैयाँ ८३ पैसा र डिजेलमा एक रूपैयाँ ५६ पैसा बढाएर नयाँ मूल्यसूची पठाएकाले सोही अनुसार यहाँको विक्री मुल्य केही बढाएर समायोजन गरिएको निगमले जनाएको छ । यसअघि गत १ तारिकमा पनि निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मात्र नभएर खाना पकाउने ग्यासको भाउ बढाएको थियो ।

१५ दिनको अवधीमा लगातार दुईपटक इन्धनको भाउ बढाईएपछि चर्को मुल्यबृद्धिको मार खेप्न बाध्य उपभोक्ता निगमको यस्तो निणर्यपछि थप मर्कामा परेका छन । निगमले स्वचालित प्रणाली अनुसार इन्धनको नयाँ मुल्य समायोजन गरिएको बताएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सामाजिक सञ्जालबाट अर्काको चरित्र हत्या गरेको भन्दै धनगढीकी जानकी पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको अभियोगमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । …

प्रतिकृया दिनुहॊस