इजरेली फौज र हमास लडाकूबीच भिडन्त

काठमाडाैं । इजरेलले गाजापट्टिमा गरेको एउटा कारबाहीमा हमास विद्रोहीका एक स्थानीय कमाण्डरसहित ६ जना प्यालिस्टिनी मारिएको प्यालेस्टाइनका अधिकारीहरूले बताएका छन्।

विशेष फौजले गरेको कारबाहीका क्रममा आफ्ना एक सैनिकको ज्यान गएको र अर्का घाइते भएको इजरेली सेनाले जनाएको छ। गाजापट्टिको दक्षिणमा पर्ने खान युनिसदेखि पूर्वमा भिडन्त भएको हो। गाजा क्षेत्रबाट रकेट प्रहार गरिएका चेतावनीयुक्त साइरन दक्षिणी इजरेलमा सुन्न सकिन्थ्यो र प्रहार गरिएका थुप्रै रकेट खसालिएका छन्।

इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले आफ्नो फ्रान्स भ्रमण छोट्याइ स्वदेश फर्कने निर्णय गरेका छन्। प्रथम विश्वयुद्ध अन्त्य भएको शतवार्षिकीका अवसरमा फ्रान्समा आयोजित कार्यक्रमका लागि उनी त्यहाँ गएका हुन्। गाजा क्षेत्रमा वर्चस्व कायम गरेको हमास समूहका एकजना प्रवक्ताले घटनालाई ‘कायरतापूर्ण इजरेली आक्रमण’को संज्ञा दिएका छन्।

हमलामा खान युनिसस्थित इज्जेदिन अल-कसाम ब्रिगेडका कमाण्डर शेख नुर बराकेह मारिएका हुन्। एउटा कारबाट इजरेली विशेष फौजले आक्रमण गरेको हमासले जनाएको छ। त्यसपछि भिडन्त शुरू भएको थियो। ट्याङ्कहरूले घेरा हालेर इजरेलले हवाई हमला गरेको थियो।

हमलाबारे इजरेली सेनाले विस्तृत विवरण सार्वजनिक गरेको छैन, तर अहिले आफ्नो फौज फर्किसकेको जनाएको छ। एउटा वक्तव्यमा इजरेली सेनाले इजरेली प्रतिरक्षा फौज र विशेष सुरक्षा बल गाजापट्टिमा एउटा गोली हानाहानको घटनामा संलग्न भएको जनाएको छ।

घटनामा प्रतिरक्षा फौजका एक सदस्य मारिएको र अर्का एक घाइते भएको उसले जनाएको छ। पछिल्ला महिनाहरूमा इजरेल र हमास समूहबीच तनाव चर्किँदै गएको बताइन्छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री