कांग्रेसको महासमिति बैठकका लागि भोजन व्यवस्थापन उपसमिति विस्तार

काठमाडौँ । नेपाली कांग्रेसले महासमिति बैठकका लागि गठन गरेको भोजन व्यवस्थापन उपसमितिमा ६ जना सदस्य थपेको छ । केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले केन्द्रीय सदस्य उदय शमशेर राणा नेतृत्व उपसमितिमा ६ जना सदस्य थपिएको बताए ।

सदस्यहरूमा नेपाली कांग्रेस, गण्डकी प्रदेशका उपसभापति मेखलाल श्रेष्ठ, नेपाली कांग्रेस ललितपुरका उपसभापति सुदर्शन घिमिरे, नेताहरू प्रगतिमान रञ्जित, सूर्यविनायक नगर सभापति निशान ढुंगेल, कांग्रेस ललितपुरका सहसचिव ऋषिदेव फुयाँल र सम्झना भट्टराई मनोनीत भएका छन् ।

कांग्रेसको महासमिति बैठक फागुन ७ देखि १० गतेसम्म हुँदैछ । बैठकमा देशभरिबाट करिब २५ सय जना नेता कार्यकर्ताहरू सहभागी हुनेछन् । महासमिति बैठकका लागि कांग्रेसले विभिन्न चरणमा समिति र उपसमितिहरू गठन गरेर तयारी गरिरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

होटलमा २ दिनसम्म थुनेर नाबालिगमाथि सामूहिक बलात्कार

रूपन्देही । बाँकेको कोहलपुरको एक होटलमा लगेर २ दिनसम्म बन्धक बनाई एक नाबालिगलाई सामूहिक बलात्कार …

प्रतिकृया दिनुहॊस