माइडियाको ‘चेस्ट फ्रिजर’ नेपाली बजारमा

काठमाडौं । नेपालका लागि प्रोडुसर माइडियाको आधिकारिक बिक्रेता सिजी इलेक्ट्रोनिक्सले अत्याधुनिक क्षमताको ‘चेस्ट फ्रिजर’ नेपाली बजारमा ल्याएको छ। ५०८ लिटरको क्षमतामा उपलब्ध चेस्ट फ्रिजरमा २४ डिग्री सेल्सियस सम्म चिसोको प्रयोग गरी खानेकुराहरुलाई स्वच्छ र ताजा बनाउन सकिने कम्पनीले बताएको छ।

कम्पनीका आनुसार माइडियाको चेस्ट फ्रिजरको ५ साइड कुलिङ सिस्टम र क्विक फ्रिजिङ सिस्टम, डी सेप्ड रेफ्रिजेरेटिङ ट्युब प्लेसमेन्ट, यो चेस्ट फ्रिजरले टु वे युनिफर्म रेफ्रिजेरेजन टेक्नोलोजीको मद्दतले छिटो र प्रभावकारी कुलिङ सुनिश्चित गर्दछ।

यसले गुणस्तरमा कुनै सम्झौता नगरी फ्रिज गरिएका सामानहरू लामो समयसम्म ताजा रहन्छ भन्ने ग्यारेन्टी दिन्छ साथै उपभोक्ता र व्यवसायहरूका विभिन्न आवश्यकताहरू पूरा गर्न अत्याधुनिक सुविधाहरू रहेको चेस्ट फ्रिजर असाधारण डिजाइनलाई संयोजन गर्दछ। चेस्ट फ्रिजर १५३०/७४५/८७५ एमएम डाइमेन्सन रहेको छ।

यसमा रहेको ५०८ लिटर क्षमताले आवस्यक पर्याप्त सामान भण्डारण गर्न सहज हुने र भित्र रहेको एलइडी लाइटले उपभोक्तालाइ कम उज्यालो अवस्थामा पनि सहज बनाउँछ।

पफर्मेंस मात्र नभएर चेस्ट फ्रिजरको डिजाइन पनि अत्यान्त उत्कृस्ट रहेको छ, यसको पातलो र अधिक कुशल इन्सुलेशनले भित्री क्षमता मात्र बढाउँदैन, स्थिर तापक्रम पनि कायम राख्छ, परिणामस्वरूप ऊर्जा खपत कम हुन्छ। यसको खरिद गर्दा ५ वर्षको वारेन्टी दिइएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार माइडिया ब्रान्डका ९९लिटर, १४३, १९४ र १९८ लिटर क्षमता चेस्ट फ्रिजर नेपाली बजारमा उपभोक्ताले अन्त्यन्त रुचाएका चेस्ट फ्रिजर हुन्।

त्यस्तै मल्टि डोर रेफ्रिजेरेटर, साइड बाइ साइड रेफ्रिजेरेटर, माइक्रोवेभ ओभेन, एयर फ्रेयर, वासिङ मसिन, वासर ड्रायर, भ्याकुम क्लिनर, इलेक्ट्रिक प्रेसर कुकर, इन्डक्सन, फ्यान हिटर, ओएफआर हिटर, पीटीसी हिटर, फ्यान जस्ता विभिन्न माइडिया ब्रान्डका अपलाइन्स नेपाली बजारमा ग्राहकहरूबीच अत्यन्त रुचाइएका प्रोडक्ट हुन्। शक्तिशाली क्षमता र असाधारण कार्यक्षमताको लागि माइडिया ब्रान्ड नेपाली बजारमा परिचित रहेको कम्पनीको भनाई छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको भाउ बढेको छ । बुधबार प्रतितोला १ लाख …

प्रतिकृया दिनुहॊस