काठमाठौं । नेकपा एमालेका महासचिव शंकर पोखरेल सवार गाडी दुर्घटना भएको छ । पार्टीको कामका लागि दैलेख जाँदै गर्दा दैलेखको डुङ्गेश्वर गाउँपालिकाको चुप्रामा महासचिव पोखरेल चढेको गाडी पल्टिएको हो ।
पोखरेल चढेको म १ च ३६९ नम्बरको स्कोरपियो जिप शनिबार दिउँसो करिब ३ बजेतिर दुर्घटना भएको थियो । जिप दुर्घटनामा परे पनि महासचिव पोखरेल सकुशल छन् ।
अनेरास्ववियुका सचिव प्रकाश पौडेलका अनुसार पोखरेलको ट्रमा सेन्टरमा चेकजाँच गरिएको थियो । चेकजाँजपछि उनको अवस्था सामान्य रहेको चिकित्सकले बताएको उनले मकालुखबरलाई जानकारी दिए ।
तपाईंको प्रतिकृया




