2024 ACC Women’s Premier Cup. 11th February 2024, Bayumas Oval. Match between Nepal and Bhutan

महिला प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित

काठमाडौँ । मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा आज नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । आइतबार बिहान सम्पन्न खेलमा नेपालले भुटानलाई ८ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको हो ।

भुटानले दिएको ६६ रनको लक्ष्य पछाएको नेपालले ११.५ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । यस अघि पहिला ब्याटिङ गरेको भुटानले २० ओभरमा ४ विकेट गुमाउँदै ६५ रन बनाएको थियो ।

जितसँगै नेपालले क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । नेपाल २ जितमा ४ अंकसहित समूह डी मा शीर्ष स्थानमा रहेको छ । भुटानको २ खेलमा एक जित र एक हारसहित २ अंक रहेको छ ।

नेपालले आफ्नो तेस्रो खेल माल्दिभ्ससँग मंगलबार खेल्ने तालिका रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मोरक्को र अर्जेन्टिना खेल चलिरहँदा विवाद, २-१ ले हार्‍यो अर्जेन्टिना

काठमाडौँ । पेरिस ओलम्पिक २०२४ को पुरुष फुटबलको पहिलो खेलमै विवाद भएको छ । बुधबार …

प्रतिकृया दिनुहॊस