महालक्ष्मी विकास बैंकको सीईओमा दिपेश लम्साल नियुक्त

काठमाडौं । महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दिपेश लम्साल नियुक्त भएका छन् । मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले लम्साललाई सीईओ बनाउने निर्णय गरेको हो ।

वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतको पदमा कार्यरत लम्साल तत्कालीन प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाको राजीनामापछि निमित्त प्रमुख कार्यकारी अधिकृतको भूमिकामा थिए । विगत १५ वर्षदेखि महालक्ष्मी विकास बैंकमा कार्यरत लम्सालसँग विभिन्न वाणिज्य बैंक तथा विकास बैंकमा गरी करिब २८ वर्षको बैंकिङ अनुभव छ ।

बैंक परिवारको तर्फबाट दरबारमार्गस्थित केन्द्रीय कार्यालयमा नवनियुक्त सीईओ लम्साललाई स्वागत गर्ने कार्यक्रमसमेत गरिएको थियो । सो असवरमा उनले बैंकप्रतिको जनविश्वास, निष्ठा कायम राख्दै गुणस्तरीय सेवा प्रदान गर्न सधैं तत्पर रहने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सनराईज बैंकले ल्यायो ‘शिक्षित लक्ष्मी’ कार्यक्रम

काठमाडौँ । महिला सशक्तीकरणप्रतिको प्रतिबद्धतालाई निरन्तरता दिँदै लक्ष्मी सनराईज बैंकले शिक्षित लक्ष्मी पहलको थालनी गरेको …

प्रतिकृया दिनुहॊस

This will auto close after