घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज आज मंगलबार पनि सुनचाँदीको भाउ घटेको छ । सोमबार प्रतितोला १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ५ सय रुपैयाँले घटेको हो ।

आज छापावाला सुन १ लाख १८ हजार रुपैयाँ प्रतितोलाका दरले कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको मूल्य १५ रुपैयाँले घटेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री