टर्कीले दियो खशोग्जीको हत्या प्रकरणसँग जोडिएको श्रव्य सामग्री

काठमाडाैं । टर्कीले गत महिना टर्कीस्थित साउदी अरबको महावाणिज्य दूतावासमा भएको साउदीका पत्रकार जमल खशोग्जीको हत्या प्रकरणसँग जोडिएको एउटा श्रव्य सामग्री अमेरिका, बेलायत र साउदी अरबलाई दिएको छ ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले टेलिभिजनमार्फत् प्रसारित सम्बोधनमा पत्रकार खशोग्जीको हत्यासँग जोडिएको श्रव्य सामग्री अमेरिकासहितका मुलुकलाई उपलब्ध गराइएको बताएका हुन् । उनले पत्रकार खशोग्जीको हत्या कसले गरेको हो भन्नेबारे साउदी सरकारलाई राम्रोसँग जानकारी भएको दाबीसमेत गरे ।

उनले महावाणिज्य दूतावासमा भएको विवाद साउदीका अधिकारीहरुले सुनेको र जानकारी पाएको बताए । पत्रकार खशोग्जीलाई अन्तिम पटक गत अक्टोबर २ मा टर्कीस्थित साउदी अरबको महाबाणिज्य दूताबासमा विवाहका लागि आवश्यक दस्तावेज लिन प्रवेश गर्दा देखिएको थियो ।

उनको सोही दिन हत्या गरिएको बताइँदै आएको छ । ५९ बर्षीय खसोग्जीको हत्या भएको कुरालाई लामो समयसम्म साउदी अरबले नस्वीकारे पनि बढ्दो अन्तर्राष्ट्रिय दवाबपछि महाबाणिज्य दूतावासमा भएको विवादमा पत्रकार मारिएको जनाएको थियो । टर्कीका राष्ट्रपति एर्दोगानले उक्त घटनामा साउदी अरबका सबैभन्दा उच्च तहको नै निर्देशन रहेको आरोप लगाएका छन् ।

टर्कीका केही अधिकारीले भने उक्त घटनामा शक्तिशाली अधिराजकुमार मोहम्मद विन सलमानको संलग्नता रहेको हुनसक्ने जनाएका छन् । तर, साउदीका युवराज मोहम्मद बिन सलमानले खशोग्जीलाई खतरनाक इस्लामवादी भनी व्याख्या गरेको भनिएको टिप्पणी पनि साउदी सरकारले अस्वीकार गरेको छ ।

खशोग्जी कसरी मारिए भन्ने बारे अझै स्पष्ट हुन सकेको छैन । सुरुमा टर्कीका सञ्चारमाध्यमहरुले खशोग्जीलाई यातना दिएर मारिएको भन्ने पुष्टि गर्ने अडियो रेकर्डिङहरु आफूसँग भएको भन्ने स्रोतहरुलाई उद्धृत गर्दै समाचारहरु लेखेका थिए । गत साता टर्कीले महावाणिज्य दूतावास प्रवेश गर्ने बित्तिकै उनलाई घाँटी थिचेर हत्या गरिएको र पूर्वयोजनाअनुसार नै उनको शरीरलाई टुक्राटुक्रा पारिएको जनाएको थियो । त्यसपछि तेजावमा हालेको टर्कीका अधिकारीहरुले बताएका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

स्मार्ट पेमार्फत बैंकस्तरीय भुक्तानी सेवा सञ्चालन गर्ने सम्झौता

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिप्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र सिटी …

प्रतिकृया दिनुहॊस