पिज्जा हटको सन्डे सरप्राइज अफरमा चारवटा प्यान पिज्जामा ५८ प्रतिशत बचत

काठमाडौं । नेपालको पिज्जा हट ब्रान्डले सन्डे सरप्राइज अफर सार्वजनिक गरेको छ । आइतबार र पिज्जा हटले चारवटा पर्सनल प्यान पिज्जा खरिद गर्दा ५८ प्रतिशतसम्म बचत गर्न सकिने ‘सन्डे सरप्राइज अफर’ सार्वजनिक गरे को हो ।

यो अफर प्रत्येक आइतबार सञ्चालन हुने बताइएको छ । सन्डे सरप्राइजअन्तर्गत दुईहजार २०६ रुपैयाँ पर्ने भेजिटेरियन पिज्जा ९९९ रुपैयाँमा हुने बताइएको छ । जसमा भेज फेस्ट, मार्गरिटा, स्पाइस्ड पनिर र म्याक्सिकन फिस्टा गरी चारवटा पिज्जा पर्ने कम्पनीले बताएको छ ।

दुई हजार ३५६ पर्ने मिक्स पिज्जाहरू, सन्डे सरप्राइज अफरमा एक हजार ९९ रुपैयाँमा उपलब्ध भइरहेको बताइएको छ । जसमा म्याक्सिकन फिस्टा, मार्करिटा, क्रिस्पी चिकेन ससेज र तन्दुरी किमा गरी चारवटा पिज्जाहरू छन् ।

त्यसैगरी, दुई हजार ८२६ रुपैयाँ पर्ने नन् भेजिटेरियन पिज्जाहरू, सन्डे सरप्राइज अफरमा एक हजार १९९ रुपैयाँमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । जसमा स्पाइस्ड चिकेनमेटबल, चिकेन टिक्का, चिजी चिकेन ससेज र तन्दुरी किमा गरी चारवटा पिज्जाहरू रहेका छन् ।

हालै पिज्जा हट नेपालले नेपालको लागि विशेषरूपमा थिन क्रस्ट पिज्जा पनि तयार गरेको छ, १२ विभिन्न टपिङहरूमा उपलब्ध रहेको पनि बताइएको छ । यसको मूल्य ४९९ रुपैयाँबाट सुरु हुने पनि जनाइएको छ । ग्राहकले डाइन–इन वा टेक–अवे अनुभवका लागि नजिकको पिज्जा हट रेस्टुरेन्टमा जान सक्नेछन् अथवा उपलब्ध एग्रिगेटरहरू फुडमान्डु, पठाओ, भोज र मेरो किनमेलमार्फत डेलिभरी गर्न सक्छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बैंकर मनोज ज्ञवालीको नजरमा मौद्रिक नीति समीक्षाका मुख्य ८ व्यवस्था र तिनका असर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले …

प्रतिकृया दिनुहॊस

This will auto close after