ब्लाक एण्ड डेकरको भ्यालेन्टाइन डे क्याम्पेन, सामान खरिदमा आकर्षक छुट

काठमाडौं । अमेरिकन ब्रान्ड ब्लाक एण्ड डेकरले भ्यालेन्टाइन्स डेलाई मध्यनजर गरी ‘गिफ्ट्स टु सेयर, लभ इन द एयर’ नामक क्याम्पेन अघि सारेको छ। यसअन्तर्गत ग्राहकले आफू अथवा आफ्नो नजिकको व्यक्तिको लागि ब्लाक एण्ड डेकरको सामान खरिद गर्दा आकर्षक छुट पाउन सक्ने कम्पनीले जनाएको छ।

अन्तर्राष्ट्रिय ब्रान्ड ब्लाक एण्ड डेकरका उत्पादनहरु अत्यन्तै स्टाइलिस, टिकाउ र भरपर्दो भएका हुनाले आफ्नो नजिकको व्यक्तिलाई गिफ्ट दिन अत्यन्त प्रभावकारी र उपयोगी हुने कम्पनीको भनाइ छ। साथै ब्लाक एण्ड डेकरले सामाजिक सन्जालमा एक प्रतियोगिता पनि आयोजना गरेको छ, जसमा प्रयोगकर्ताले प्रतियोगिता पोस्टमा आफ्नो जोडीको फोटो कमेन्ट गर्नुपर्नेछ र पोस्ट लाइक सेयर गर्नुपर्ने र यसमध्ये एक भाग्यशाली विजेताले ब्लाक एण्ड डेकरको कफी मेकर जित्न सकिने कम्पनीले जनाएको छ।

घरायसी कार्यहरुलाई अन्यन्तै सहज बनाउने ब्लाक एण्ड डेकरका साना होम एप्लायन्सहरु नेपाली बजारमा सर्वत्र उपलब्ध छ। ब्लाक एण्ड डेकरको बिशाल प्रोडक्ट रेन्जमा एयर फ्राइर, इलेक्ट्रिक ओभन, टोस्टर ओभन(ओटीजी), इलेक्ट्रिक प्रेसर कूकर, एअर ह्युमिडिफायर, जुसर, ब्लेन्डर, मिक्सर, मिन्सर, भ्याकुम क्लिनर, गार्मेन्ट स्टिमर, स्टिम मोप, ओएफआर हिटर, फ्यान हिटर, कफी मेकर, कित्ली जस्ता थुप्रै एप्लायन्सहरु रहेका छन्।

ब्लाक एण्ड डेकरले आफ्नो सम्पूर्ण उत्पादनहरुमा २४ महिनाको वारेन्टी उपलब्ध गरेको छ भने नेपालभर आफ्नो ४०वटा भन्दा बढी सर्भिस सेन्टरहरुबाट बिक्री उप्रान्त सेवाहरु छिटो छरितो रुपमा प्रदान गरिरहेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जेबिएनएल सेक्यूरिटिज् को प्रथम वार्षिक साधारण सभा सम्पन्न, ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै

काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा रहेको धितोपत्र सम्बन्धि कारोबार …

प्रतिकृया दिनुहॊस