घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सोमबार सुनचाँदीको भाउ घटेको छ । आइतबार प्रतितोला १ लाख १८ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ४ सय रुपैयाँले घटेको हो ।

आज छापावाला सुन १ लाख १८ हजार ५ सय रुपैयाँ प्रतितोलाका दरले कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता, चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । यस दिन चाँदि प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार भइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

जेबिएनएल सेक्यूरिटिज् को प्रथम वार्षिक साधारण सभा सम्पन्न, ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै

काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा रहेको धितोपत्र सम्बन्धि कारोबार …

प्रतिकृया दिनुहॊस