इच्छाराजका दम्पतीसहित ६ जनाको सम्पत्ति जफत गरेर सहकारी पीडितलाई दिन अदालतको फैसला

काठमाडौं । सिभिल सहकारीका अध्यक्ष इच्छाराज तामाङसहित ६ जनाको सम्पत्ति जफत गर्ने विशेष अदालतले फैसला गरेको छ । सम्पत्ति सुद्धिकरणको मुद्दामा सजाय निर्धारण गर्दै विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले आइतबार सहकारी पीडितलाई क्षतिपूर्ति दिन सम्पत्ति जफत गर्ने फैसला गरेको हो ।

विशेषले इच्छाराज तामाङ, उनकी श्रीमती श्रृजना शाक्य तामाङ, केशवलाल श्रेष्ठ, मिना श्रेष्ठ, प्रतीक्षा तामाङ र प्रतिष्ठा तामाङको नाममा रहेको सबै सम्पत्ति जफत हुने फैसला पनि सुनाएको हो । अब यी प्रतिवादीहरूविरुद्ध काठमाडौँ जिल्ला अदालतमा ठगी मुद्दा विचारधीन छ । उक्त मुद्दामा कसुर ठहर भएमा पीडितहरूको बिगो भराउने कार्यले प्राथमिकता पाउने विशेषले फैसला गरेको छ ।

विशेष अदालतले दोषी ठहर गर्दै इच्छाराजलाई ३ वर्ष कैद र एक अर्ब ७२ करोड रुपैयाँ बिगो बराबरको जरिवाना गर्ने फैसला गरेको छ । पत्नी श्रृजना शाक्य तामाङलाई डेढ वर्ष कैद र १ अर्ब ३ करोड ५४ लाख ४३ हजार ४८७ रूपैयाँ १० पैसा जरिवाना गराउने ठहर भएको छ । केशवलाल श्रेष्ठलाई डेढ वर्ष कैद र २५ करोड ६५ लाख जरिवाना तोकेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बागलुङ दुर्घटना : मृतक पाँचै जनाको परिचय खुल्यो

काठमाडाैं । बागलुङको जैमिनी नगरपालिका-८ छिस्तीबाट सदरमुकाम बागलुङ बजार आउँदै गरेको पिकअपभ्यान दुर्घटना हुँदा मृत्यु भएका …

प्रतिकृया दिनुहॊस