काठमाडाैं । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले संसद भंग गरिदिएका छन् । प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई हटाएर महिन्दा राजापाक्षलाई नयाँ प्रधानमन्त्रीमा नियुक्त गरेपछि उत्पन्न संकटबीच संसद विघटन गरिएको हो ।
स्थानीय समय अनुसार शुक्रवार मध्यरातदेखि संसद् भंग गर्दै आगामी जनवरी ५ मा नयाँ चुनाव गर्ने तयारी गरिएको छ । यद्यपि राष्ट्रपतिको पछिल्लो कदमलाई सर्वोच्च अदालतमा कानूनी चुनौती दिन सकिनेछ । बर्खास्त गरिएका प्रधानमन्त्री रनिल विक्रमसिंघेको पार्टीले त्यस्ता कदम चाल्ने अधिकार राष्ट्रपतिलाई नभएको बताएको छ ।
गत महिना राष्ट्रपति सिरिसेनाले प्रधानमन्त्री विक्रमसिंघेलाई बर्खास्त गर्दै उनको स्थानमा पूर्वराष्ट्रपति महिन्दा राजापक्षलाई नियुक्त गरेका थिए । तर सो कदम गैरकानूनी भन्दै विक्रमसिंघेले पद छाड्न अस्वीकार गर्दै आएका छन् । विक्रमसिंघेको युनाइटेड नेशनल पार्टी (युएनपी) का एक सांसदले संसद् भङ्ग गर्ने राष्ट्रपतिको कदम ‘गैरकानूनी’ भएको भन्दै त्यो अस्वीकृत हुने विश्वास व्यक्त गरेका छन् ।
प्रतिकृया दिनुहॊस