कञ्चनपुर । कञ्चनपुरमा एक महिला मृत अवस्थामा फेला परेकी छन् । जिल्लाको शुक्लाफाँटा नगरपालिका-७ वातावरण मध्यवर्ती सामुदायिक वनभित्र महिला मृत फेला परेकी हुन् ।
प्रहरीका अनुसार सोही वडाकी ३० वर्षीया सरस्वती तिवारी मृत फेला परेकी हुन् । उनी सोमबार मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
तपाईंको प्रतिकृया




