[horoscope in nepal, news from nepal, newsdainik, dainiknews]
आजको पञ्चाङ्ग
वि.सं. माघ ०३, २०८० । ई.सं. 17 Jan, 2024 । शक संवत् १९४५ । नेपाल संवत् ११४४ पोहेलाथ्व । पिङ्गल उत्तरायण शिशिर । बुधबार पौष शुक्लपक्ष । तिथि चतुर्थी ०९:४५ बजेसम्म, त्यसपछी पञ्चमी । नक्षत्र शतभिषा १३:०१ बजेसम्म, त्यसपछी पूर्वभाद्रपदा । योग व्यतीपात ०७:३२ बजेसम्म, त्यसपछी वरियान् ०४:२२ बजेसम्म, त्यसपछी परिघ । करण भद्रा ०९:४५ बजेसम्म, त्यसपछी वव २०:३४ बजेसम्म, त्यसपछी वालव । चन्द्रराशि कुम्भ । आनन्दादि योग अमृत । दिनमान १०:३१ । सूर्योदय ६:५८ । सूर्यास्त १७:२९ । भद्रा ९:४५सम्म, मकरमा:सूर्य ८:४५ बजे ।
राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नाक तथा घाँटीमा समस्या आउला । राजनैतिक कार्यमा बाधा आउनेछ, तर अभिभावकको आशीर्वादले काम गर्नसक्छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज दानपुण्यका कार्यमा सहभागी भइनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । व्यावसायिक नयाँ योजना बन्नेछन् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै बढी लाभ हुनेछ । सामाजिक कार्यमा सफलता हात पर्ला । प्रेमको डोरो पनि कसिलो हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मन खिन्न हुने स्थिति आउनसक्छ । खानपानमा ख्याल गर्नुपर्नेछ । नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ सचेत रहनुहोला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्य सम्पादनमा केही सहजता मिल्नेछ । प्रणयसम्बन्ध र रतिराग बढाउने समय रहेको छ । प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज महिला वा मित्रबाट विशेष सहयोग पाइनेछ । अध्ययनमा रुचि जाग्नुका साथै स्मरण शक्ति बढ्ने योग पनि रहेको देखिन्छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज आफन्तसँग मनमुटाव सिर्जना हुने योग रहेको छ । प्रेममा एक अर्कालाई शंका गर्नाले छुट्टिनुपर्ने बाध्यता आउनसक्छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज कुनै कुराले अनुहारमा चमक र मनमा शान्ति छाउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ, तर भीडभाडबाट बचेर हिँड्नु होला ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज राजनैतिक कार्यमा सफलता मिल्नेछ । नयाँ योजना र शुभकार्यको चर्चा चल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनसक्छ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज अनुहारमा चमक र मन प्रसन्न रहला । घरमा शुभकार्यको चर्चा चल्नेछ । आँटेको र ताकेको कार्य विस्तारै अघि बढ्ला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । आतिथ्यपूर्ण सम्मान पाइन सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । प्रविधि मार्फत आफन्तसँग भेटघाट हुनेछ, तर स्वास्थ्य प्रति सजग रहनु पर्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । –हाम्रो/नेपाली पात्रोबाट
प्रतिकृया दिनुहॊस