प्रचण्डले हटाए आफ्नो सचिवालयका १३ कर्मचारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो सचिवालयबाट १३ जनालाई हटाएका छन् । माघबाट लागु हुनेगरी प्रधानमन्त्री दाहालले आफ्नो सचिवालयबाट १३ जनालाई हटाएका हुन् ।

बिदा हुनेमा ५ जना उपसचिव, एकजना शाखा अधिकृत, तीनजना प्रशासन सहायक, दुईजना कम्प्युटर सहायक, एकजना कार्यालय सहायक र २ जना हलुका सवारी चालक रहेका छन् ।

त्यसो त आफ्नै सचिवालय देखि मन्त्रीहरूको परम्परागत शैलीप्रति असन्तुष्ट दाहालले त्यसलाई बदल्ने दाबी गरेका थिए । त्यससँगै उनले आफ्नै सचिवालयको हेरफेरसहित प्रधानमन्त्री कार्यालयमा कर्मचारी व्यवस्थापनसहितका काम थालेका हुन् ।

त्यस क्रममा प्रधानमन्त्री दाहालले डेढ दर्जन सचिवालयमा कार्यरत व्यक्तिहरूलाई हटाएका छन् । साथै दाहालका प्रमुख राजनीतिक सल्लाहकार र हरिबोल गजुरेलले दिएको राजीनामा स्वीकृत गरेका छन् ।

प्रधानमन्त्री दाहालको प्रेस सल्लाहकारमा गोविन्द आचार्य, परराष्ट्र सल्लाहकारमा रूपक सापकोटा, प्रशासनिक सल्लाहकारमा रामदीप आचार्य, जनसम्पर्क सल्लाहकार देवेन्द्र पराजुलीका साथै प्रमुख स्वकीय सचिवमा सन्तु दराई, स्वकीय सचिवमा छोरी गंगा दाहाल र रमेश मल्लसहितका भने अहिले सचिवालयमा छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री