लुम्बिनी विकास बैङ्कको १६औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ । लुम्बिनी विकास बैङ्क लिमिटेडले बिहीबार १६औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले आर्थिक वर्ष २०७९-८० को वार्षिक प्रतिवेदन पारित गरी २०८०-८१को लागि लेखा परीक्षकको नियुक्ति लगायतका प्रस्तावहरू संगै शेयरधनी महानुभावहरूलाई ४.५० प्रतिशत नगद लाभांश र ४.०० प्रतिशत बोनस शेयरसहित कुल ८.५० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

बैङ्कका सञ्चालक समितिका अध्यक्ष चिन्तामणि भट्टराईको अध्यक्षतामा सम्पन्न वार्षिक साधारण सभामा आ.ब. २०७९-८० को वार्षिक प्रतिवेदन उपर सहभागी शेयर धनीहरूले राखेका जिज्ञासाहरूको अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले स्पष्ट पारेका थिए ।

देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरी कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैङ्क लिमिटेडको विभिन्न स्थानहरूमा गरी ८९ वटा शाखा कार्यालयहरू तथा एक विस्तारित शाखा(एक्सटेन्सन काउण्टर) स्थापना भएको छ । यस लुम्बिनी विकास बैङ्क लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नवीनतम प्रविधिहरू सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

ग्राहकहरूलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैङ्कले मुद्दती निक्षेप खातामा “मासिक” रूपमा ब्याज प्रदान गर्ने विशेष योजना कार्यान्वयनमा ल्याएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल बैंकले ल्यायो उत्कृष्ट कर्जा योजना

काठमाडौँ । नेपाल बैंक लिमिटेडले सर्वाधिक न्युन ब्याजदर ७.७० मा ‘ने.बै.लि. सर्वसुलभ आवास कर्जा’ ल्याएको …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds