एनएमबी बैंकको अध्यक्षमा मनोज कुमार गोयल

काठमाडौं । एनएमबी बैंक सञ्चालक समितिको अध्यक्षमा मनोज कुमार गोयल चयन भएका छन्। बिहीबार काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा सम्पन्न २८औँ वार्षिक साधारण सभाले गोयललाई अध्यक्ष चयन गरेको हो।

बैंकका निवर्तमान सञ्चालक समितिका अध्यक्ष पवनकुमार गोल्यानको अध्यक्षतामा सम्पन्न साधारण सभामा संस्थापक शेयरधनीहरुको तर्फबाट मनोज कुमार गोयल र जीवन कुमार कट्वाल सञ्चालक समिति सदस्य निर्वाचित भएका थिए।

यसैगरी, सर्वसाधारण शेयरधनीहरुको समूहबाट उत्तम भ्लोन, शिरिष कुमार मुरारका र हरिश्चन्द्र सुवेदी निर्वाचित भए। एफएमओको तर्फबाट निको पिलको सट्टामा शर्मिला हार्दि प्रकाशलाई मनोनित गरी पठाएको व्यहोरा समेत सभामा जानकारी गराईएको थियो।

साथै, निर्वाचित सञ्चालकको बैठकले मनोज कुमार गोयललाई अध्यक्षमा चयन गरेको बैंकले जनाएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिद्धार्थ बैंकका ग्राहकलाई हेयर एन्ड शान्ति ब्युटीपार्लरमा १० प्रतिशतसम्म छुट

काठमाडौं । सिद्धार्थ बैंक र काठमाडौंको कमलादीस्थित हेयर एन्ड शान्ति ब्युटीपार्लरबीच छुट सम्झौता भएको छ …

प्रतिकृया दिनुहॊस