काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको मूल्य आज तोलामा २ सय रुपैयाँले घटेको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ६ सय रुपैयाँ छ । तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ५० रुपैयाँ कायम छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ८ सय रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार २५० रुपैयाँ कायम थियो ।
चाँदीको मूल्य भने स्थिर छ । चाँदीको मूल्य आज तोलामा १४ सय १५ रुपैयाँ कायम छ । हिजो पनि चाँदीको मूल्य तोलामा १४ सय १५ रुपैयाँ कायम थियो ।
तपाईंको प्रतिकृया




