सूर्यज्योति लाइफ इन्स्योरेन्सको ध्यानाकर्षण

काठमाडाैं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले केही अनलाइन मिडियाले आफ्नो कम्पनीका बारेमा भ्रामक समाचार प्रकाशन गरेको भन्दै आपत्ति जनाएको छ ।

कम्पनीले सोमवार एक विज्ञप्ति जारी गर्दै केही अनलाइन मिडियाले सुनियोजित रुपमा सूर्यज्योति लाइफ इन्स्योरेन्सप्रति नकरात्मक असर पुर्‍याउने कार्य गरिरहेको भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।

‘हालै केही सीमित अनलाइन मिडियाहरूद्वारा सुनियोजित तवरले श्रृंखलाबद्धरुपमा फरक–फरक शीर्षक राखी सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीप्रति नकरात्मक असर पुर्‍याउने हेतुले आफूखुसी अपव्याख्या गर्दै कपोलकल्पित, भ्रामक, अतिरञ्जित, तथ्यहीन र सत्यतथ्य नबुझी तथा विषयगत ज्ञान नराखी सिलसिलेवार तवरले समाचारहरूको सम्प्रेषण भएका यस्ता समाचारहरू प्रति सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको गम्भीर ध्यानाकर्षण भएको छ’, जारी विज्ञप्तिमा भनिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

राष्ट्रिय जीवन बीमा कम्पनीको नयाँ बोनस दर, प्रतिहजार ६० रुपैयाँसम्म

काठमाडाैं । राष्ट्रिय जीवन बीमा कम्पनीले नयाँ बोनसदर घोषणा गरेको छ । नेपाल बीमा प्राधिकरणले …

प्रतिकृया दिनुहॊस