वीर अस्पताल र कर्मचारीबीच पाँचबुँदे सहमति, ताला खुल्यो

काठमाडौं । वीर अस्पताल प्रशासन र आन्दोलनरत कर्मचारीबीच पाँचबुँदे सहमति भएको छ । सहमतिपछि प्रशासन प्रमुख र लेखा प्रमुखको कार्यकक्षमा एक सातादेखि लागेको ताला खोलिएको छ ।

आठ महिनादेखि अतिरिक्त सेवाबापतको पारिश्रमिक नपाएको भन्दै चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का कर्मचारीले पुस १३ गतेदेखि सो कक्षमा ताला लगाएका थिए । आठ कर्मचारी संगठनका प्रतिनिधि र न्याम्सका रजिष्ट्रार तथा वीरका निर्देशकसँगको सहमतिपछि कर्मचारीले आन्दोलन स्थगित गरेका हुन् ।

सहमतिमा हालसम्म बाँकी रहेको कर्मचारीको सेवा विस्तार भत्ता किस्ता किस्ता गरी चैत मसान्तसम्म अस्पतालले भुक्तानी गरिसक्ने उल्लेख छ । त्यस्तै, आगामी वैशाखबाट सो भत्ता तलबसँगै नियमित भुक्तानी गरिने र कोभिडकालका आठ महिनाको भत्ता समेत यसअघिको सहमतिअुनसार हुने भनिएको छ ।

अस्पताल ट्रेड युनियनले राखेका विभिन्न मागका सम्बन्धमा पनि आवश्यक छलफल गरी सम्बोधन गरिने सहमतिमा उल्लेख छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दसैं-तिहारका लागि अग्रिम टिकट बुकिङ कहिलेदेखि ?

काठमाडाैं । दसैँ-तिहारका लागि १२ असोजदेखि अग्रिम बस टिकटको बुकिङ खुला गरिने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच शनिबार बसेको बैठकले यातायात व्यवस्था विभागसँग छलफल गरी अग्रिम टिकट खुला गरिने निर्णय गरेको हो ।

प्रतिकृया दिनुहॊस