ग्लोबल आइएमई बैंकले आयोजना गर्‍यो रक्तदान कार्यक्रम

काठमाडाैं । ग्लोबल आइएमई बैंकले १७औं वार्षिकोत्सवको उपलक्ष्यमा देशव्यापीरूपमा बृहत् रक्तदान कार्यक्रमको आयोजना गरेको छ।

ग्लोबल आइएमई आज (मंगलबार) देखि स्थापनाको १७ वर्ष पूरा गरी १८ औं वर्षमा प्रवेश गरेको छ। यही अवसरमा बैंकले मंगलबार नै देशका सातवटै प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रमको साथसाथै निःशुल्क आँखा जाँच, रक्तचाप तथा मधुमेह परीक्षण आयोजना गरेको हो।

यस कार्यक्रमअन्तर्गत, कोशी प्रदेशमा सुनसरीको इटहरी शाखा, मधेश प्रदेशमा सिरहाको गोलबजार शाखा, बागमती प्रदेशमा काठमाडौंको कान्तिपथ शाखा तथा चितवन नारायणगढ शाखा, गण्डकी प्रदेशमा कास्कीको पोखरा न्यूरोड शाखा, लुम्बिनी प्रदेशमा रुपन्देहीको बुटवल मिलनचोक शाखा तथा दाङको नेपालगंज शाखा, कर्णाली प्रदेशमा सुर्खेतको विरेन्द्रनगर सुर्खेत शाखा र सुदूरपश्चिम प्रदेशमा कैलालीको धनगढी शाखामा रक्तदान कार्यक्रम आयोजना गरिएको छ।

देशभर आयोेजित कार्यक्रममा ९२७ रक्तदाताहरूबाट ४३९ लिटर रगत दान गरिएको छ। यसैगरी निःशुल्क रुपमा ७८३ जनाको आँखा जाँच गरिनुका साथै एक हजार ४८ जनाको रक्तचाप तथा मधुमेहको परीक्षण एव्म परामर्श पनि प्रदान गरिएको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई मध्यनजर गरी यस्ता समाजपयोगी कार्यहरूमार्फत् आम जनमानसलाई प्रत्यक्षरूपमा लावान्भित गर्दै आएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटिजन्स बैंकका ग्राहकलाई भवानी हस्पिटल एन्ड रिसर्च सेन्टरमा छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पर्साको वीरगंजस्थित भवानी हस्पिटल एन्ड रिसर्च सेन्टरबीच बैंकका …

प्रतिकृया दिनुहॊस