मेरा लागि सबै नेपाली बराबर : पूर्वराजा ज्ञानेन्द्र शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपाका शीर्ष नेताहरुबीच भैरहवामा भेटवार्ता भएको छ । पूर्व राजाले भेट्न चाहेको सन्देश पठाएपछि राप्रपा नेताहरु मंगलबार भैरहवा पुगेका थिए ।

बुधबार भएको भेटमा अध्यक्ष राजेन्द्र लिङ्देनसँगै वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री धवलशम्शेर राणा र सांसद दिपक सिंह सहभागी थिए । भेटमा पूर्व राजाले सबै नेपाली आफ्नो लागि बराबर रहेको बताएका थिए ।

भेटमा आफु ऐतिहासिक संस्थाको प्रतिनिधित्व गर्ने र सबैलाई एकताको सूत्रमा बाँध्ने काम गरिरहेको बताएको राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रले सामाजिक संजालमार्फत् जनाएका छन् ।

उनले फेसवुकमा लेखेका छन्- ‘हामी सबैले धेरै देख्यौ/बुझ्यौँ ।
म ऐतिहासिक संस्थाको प्रतिनिधित्व गर्छु ।
मेरो काम सबैलाई एकताको सूत्रमा बाँध्ने हो ।
सबै नेपाली मेरो लागि बराबर छन् ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

व्यासमा पुनः मतगणना गर्न अदालतको आदेश

काठमाडाैं । उच्च अदालत पोखराले तनहुँको व्यास नगरपालिकामा पुनः मतगणना गर्न आदेश दिएको छ । न्यायाधीशद्वय …

प्रतिकृया दिनुहॊस