एमालेलाई पनि सिट छुट्याउन गठबन्धन सकारात्मक

काठमाडौं । आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा (एमाले) र माओवादी केन्द्रबीच छलफल हुने भएको छ । बुधबार सत्तारूढ कांग्रेस–माओवादी केन्द्रबीच भएको छलफलले प्रमुख प्रतिपक्ष एमालेसँग पनि छलफल गर्ने निर्णय गरेको छ ।

एमालेसँग बेलुका ५ बजे छलफल हुने कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । उनका अनुसार राष्ट्रियसभा सदस्य निर्वाचन र समसामयिक राजनीतिक घटनाक्रमबारे एमालेसँग कांग्रेस–माओवादी केन्द्रले छलफल गर्नेछन् ।

यसका साथै सत्ता साझेदार दलहरू जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा)सँग बुधबार दिउँसो ३ बजे संयुक्त छलफल गर्ने लेखकले बताए । लेखकले भने, ‘दिउँसो हुने संयुक्त छलफलमा सत्तासाझेदार दलहरूसँग राष्ट्रियसभा सदस्य निर्वाचन केन्द्रित छलफल हुनेछ ।’ राष्ट्रिसभा सदस्य निर्वाचन आसन्न माघ ११ मा हुनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अझै पाँच राजमार्ग पुर्णरुपमा अवरुद्ध, सडकतर्फको क्षति करिब ३० अर्ब

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अझै बाढी र पहिरोका कारण क्षति भएका पाँच वटा राजमार्ग पूर्णरुपमा अवरुद्ध रहेको जानकारी दिएको छ । मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गरेर देशका पाँच प्रमुख राजमार्ग खुलाउन बाँकी रहेको जानकारी दिएको हो ।

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds