बाइकले हान्दा अभ्यासका लागि दौडिरहेका जवानको मृत्यु

काठमाडौं । मकवानपुरको हेटौँडामा मोटरसाइकलको ठक्करबाट एक प्रहरी जवानको मृत्यु भएको छ । बुधबार बिहान हेटौँडा उपमहानगरपालिका-११ थानाभर्‍याङस्थित पूर्वपश्चिम राजमार्गमा अभ्यासका लागि दौडिँदै गरेको अवस्थामा मोटरसाइकलले ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको हो ।

डडेलधुराको आलिताल गाउँपालिका-६ घर भई बागमती प्रदेश प्रहरी गण हेटौडामा कार्यरत २५ वर्षीय प्रहरी जवान विनोद एडीको मृत्यु भएको छ । प्रहरी जवान एडीलाई हेटौँडा बजारबाट नवलपुरतर्फ जाँदै गरेको ना ४३ प २२२ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका एडीलाई उपचारको लागी हेटौँडा अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

मोटरसाइकलको ठक्करबाट घाइते भएका प्रहरी जवान नवराज सार्की र विजय खत्री सामान्य अवस्थामा रहेको र उपचारपछि डिस्चार्ज गरिएको उनले बताए । प्रहरी जवान एडीलाई ठक्कर दिएपछि अनियन्त्रित भएको मोटरसाइकल पल्टिँदा मोटरसाइकल चालक समेत घाइते भएको प्रवक्ता भण्डारीले बताए ।

हेटौँडा-४ का ४२ वर्षीय मोटरसाइकल चालक लक्ष्मण लामाको टाउको र हातमा चोट लागेको र हेटौँडा अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि चितवनको भरतपुर स्थित पुरानो मेडिकल कलेज पठाइएको प्रवक्ता भण्डारीको भनाई छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नआत्तिनुहोस्, आर्थिक सुधारको काम हुँदैछ : प्रधानमन्त्री ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आर्थिक सुधार र संविधान संशोधनको विषयमा आवश्यक छलफल भइरहेको बताएका छन् । विराटनगर विमानस्थलको अतिविशिष्ट कक्षबाट बाहिरिने क्रममा सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले देशको आर्थिक सुधार र संविधान संशोधनका विषयमा छलफल भइरहेको बताएका हुन् ।

प्रतिकृया दिनुहॊस