घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । मंगलबार प्रतितोला १ लाख २१ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख २० हजार ८ सय मा कारोबार भइरहेको हो ।

आज तेजाबी सुन तोलामा १ लाख २० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १० रुपैयाँले घटेर १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री