सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको पुस १६ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफा बाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हालको चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर कर प्रयोजनको लागि ०.२६३२ प्रतिशत नगद लाभांश गरि कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त लाभांश नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ ।

हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७५ करोड रुपैयाँ रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री