फेरि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । सोमबार प्रतितोला १ लाख २० हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख २१ हजारमा कारोबार भइरहेको हो ।

आज तेजाबी सुन तोलामा १ लाख २० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले बढेर १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भइरहेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री