सिटिजन्स क्यापिटल र युनाइटेड मेवा खोला हाइडोपावरबीच शेयर निष्काशन सम्बन्धी सम्झौता

काठमाडौँ । सिटिजन्स क्यापिटल लिमिटेड र युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेड बीचसाधारण शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतामा युनाइटेड मेवा खोला हाइडोपावर लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष आशिष थापा तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे ।

सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेडको सार्वजनिक निष्काशको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ ।

युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेडले निमार्ण गरिरहेको आयोजना “मेवा खोला जलविद्युत आयोजना” ताप्लेजुङ्ग जिल्लामा अवस्थित रहेको छ र सो आयोजना ५० मेगावाट बिजुली उत्पादन क्षमताको रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

समृद्धि फाइनान्सले मनायो २३ औं वार्षिकोत्सव

काठमाडौं । समृद्धि फाइनान्सले २३ औं वार्षिकोत्सव उत्साहजनक साथ मनाएको छ। फाइनान्सले आर्थिक वृद्धिसँगै शारीरिक …

प्रतिकृया दिनुहॊस