सिंगटी हाईड्रोले पायो हकप्रद निष्काशन अनुमति

काठमाडौं । सिंगटी हाईड्रो इनर्जी लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट हकप्रद निष्काशन गर्ने अनुमति पाएको छ । बोर्डले कम्पनीलाई पुस ११ गते हकप्रद निष्काशनको लागि अनुमति प्रदान गरेको हो ।

कम्पनीले १:१ को अनुपातमा शतप्रतिशत हकप्रद शेयर जारी गर्ने अनुमति पाएको हो । अब कम्पनीले १ करोड ४५ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ ।

अन्य जलविद्युत आयोजनामा लगानि गर्न तथा कम्पनीको ऋण चुक्ता गर्न हकप्रद निष्काशन गर्न लागिएको कम्पनीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री