काठमाडौँ । दार्चुलमा घर जलेर एक शिशुको मृत्यु भएको छ । जिल्लाको नौगाड गाउँपालिका-३ हापरीमा एक घरमा आगलागी हुँदा चार महिने शिशुको मृत्यु भएको हो ।
बुधवार साँझ साढे ७ बजेतिर स्थानीय रणवीर टमटाको घरमा आगलागी हुँदा उनका ४ महिनाका छोरा विजयप्रकाशको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका निरीक्षक गोविन्द भण्डारीले बताए । विद्युत सर्ट भएर घरमा आगो लाग्दा टमटाको दुई तले ६ कोठे घर जलेर नष्ट भएको छ ।
आगलागीबाट घरभित्र भएका अन्न, लत्ताकपडा, भाँडाकुँडा पूरै जलेको प्रहरी निरीक्षक भण्डारीले बताए ।
तपाईंको प्रतिकृया




