मुगुमा स्वास्थ्यकर्मीमाथि जातीय विभेद गर्ने थप एक जना पक्राउ

कठमाडौं । मुगुमा स्वास्थ्यकर्मीमाथि जातीय विभेद गरेको आरोपमा थप एक जना पक्राउ परेका छन् । २३ वर्षीया तुलसाकुमारी विश्वकर्मामाथि जातीय विभेद गरेको आरोपमा मुगुको सोरू गाउँपालिका–९ का सुरजकुमार शाही पक्राउ परेका हुन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय मुगुले सोमबार साँझ पक्राउ गरेको हो । स्वास्थ्यकर्मी विश्वकर्माले सुरजसहित ३ जनाविरूद्ध शुक्रबार प्रहरीमा उजुरी दिएकी थिइन् । शुक्रबार उजुरी दिए पनि आइतबारमात्र दर्ता भएको थियो ।

यसअघि सोरू गाउँपालिका–९ का ५४ वर्षीय झ्यापु शाही र सोही पालिकाको वडा–६ का धनप्रसाद भट्ट पक्राउ परिसकेको प्रहरीले जनाएको छ । झ्यापु र धनलाई आइतबार नै पक्राउ गरिएको हो ।

लामो समयदेखि जातीय विभेद भोग्दै आएको भन्दै उनले ’जातीय भेदभाव तथा छुवाछुत कसुरमा’ जाहेरी दिएकी हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस