सिन्धुलीमा बससँग ठोक्किएर बाइकमा सवार दुई जनाको मृत्यु

काठमाडौँ । वीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका-३ बोहोरेटारमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । सोमबार बिहान करिब सवा ८ बजेतिर बा. प्र. ०१-००६ ख ४५९३ नम्बरको बस र विपरीत दिशामा रहेको बा. ६० प ३५४५ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता चिरञ्जीवी दाहालकाअनुसार दुर्घटनामा परी मोटरसाइकलमा सवार खोटाङको दिक्तेल नगरपालिका-१० बस्ने १८ वर्षीया मुनाकला राईको मृत्यु भएको छ । दुर्घटनामा परी मोटरसाइकल चालकको पनि मृत्यु भएको छ, दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा स्थानीय अस्पतालमा मृत्यु भएका हो । मृतक चालकको सनाखत भने भइसकेको छैन ।

बस र चालकलाई इलाका प्रहरी कार्यालय खुर्कोटले नियन्त्रणमा लिएको छ । दुर्घटनापछि स्थानीयले मोटरसाइकललाई ठक्कर दिने बसमा आगजनी गरेका छन् भने सडकखण्डमा अवरोध गरिएको छ । घटनास्थलमा अहिले जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रवक्ताको कमाण्डमा प्रहरी टोली खटिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री