दाउरा लिन जङ्गल गएकी महिलाको रुखले च्यापेर मृत्यु

काठमाडाैं । डोल्पामा रुखले च्यापेर एक महिलाको ज्यान गएको छ । देउराली सामुदायिक वनमा दाउरा लिन जंगल गएको बेला ढलेको सल्लाको रुखले च्यापेर त्रिपुरासुन्दरी नगरपालिका–११ की ३० वर्षीया सिरु बोहोराको मृत्यु भएको हो ।

हुम गाउँ नजिकै पर्ने कादुरी खोलाको जंगलमा शनिबार दाउरा लिन गएकी बोहोराको ढलेर लागेको रुखले च्यापेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री