सूर्यज्योति लाइफ मर्जरको पहिलो वर्ष ३५ अर्बको लगानी, ८ अर्ब बढ्यो बीमाकोष

काठमाडौँ । जीवन बीमा कम्पनीहरूमध्ये पहिलोपटक मर्जरको अभ्यास गरेर इतिहास रचेको सूर्य ज्योति लाइफ इन्स्योरेन्सले मर्जरको एक वर्ष पुरा गरेको छ ।

सूर्य ज्योति लाइफले मर्जरको एक वर्षको आफूलाई अझै दरिलो रूपमा उभ्याउन सफल भएको छ । एक वर्षको अवधिमा अझै विस्तारित शाखा सञ्जाल, परिष्कृत बीमा योजनाहरू र ग्राहकमैत्री सेवा पस्केर ऐतिहासिक सफलताको बाटोमा लम्किने प्रयास जारी राखेको छ ।

मर्जरपछि चुक्ता पुँजी ४अर्ब ५४ करोड रुपैयाँ पुर्‍याएको यो कम्पनीले संयुक्त कारोबार सुरु गरेको एक वर्षको अवधिमा सूर्य ज्योतिको जीवन बीमा कोष झन्डै ८अर्ब रुपैयाँले बढेर ३०अर्ब रुपैयाँ पुगेको छ । यो कम्पनीको कूल लगानी करिब ३५ अर्ब रुपैयाँ रहेको छ । कम्पनीले मङ्सिर मसान्तसम्ममा आफ्नो नेटवर्थ ७अर्ब ४० करोड रुपैयाँ कायम गर्न सफल भएको छ ।

चालू आर्थिक वर्षको मङ्सिर मसान्तसम्ममा सूर्य ज्योति लाइफले कूल ५२ करोड रुपैयाँ बीमादाबी भुक्तानी गरेको छ । देशभर रहेका १७६ शाखा सञ्जाल र अभिकर्तामार्फत आफ्ना बिमितहरुलाई उत्कृष्ट सेवा प्रदान गर्दै कम्पनीले करिब २३ लाख जीवन बीमालेख बिक्री गरिसकेको छ । जनशक्तिका हिसाबले यो कम्पनी सबैभन्दा ठुलो रोजगारदाता जीवन बीमकका रूपमा समेत उभिएको छ । कम्पनीमा हाल ५७९ कर्मचारीले प्रत्यक्ष रोजगारी पाएका छन् देशैभरि करिब ९४ हजार अभिकर्ता सूर्य ज्योति लाइफमा आबद्ध छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सानिमा रिलायन्सको पुनर्जागरण अभियान सुरु

काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि शत प्रतिशत विलम्ब शुल्क छुट …

प्रतिकृया दिनुहॊस

This will auto close after