युद्धरत युक्रेन र रुसको बोर्डरमा के गर्दैछन् सागर ढकाल ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग चुनाव लडेका सागर ढकाल अहिले युक्रेनमा छन् । सामाजिक सञ्जालमार्फत् उनले दिएको जानकारी अनुसार उनी हाल युक्रेनका गाउँमा पुगेका छन् ।

अमेजनको जङ्गलबाट पानीको काम गर्न आफू युक्रेन आइपुगेको उनले उल्लेख गरेका छन् । रुस–युक्रेन बोर्डरको गाउँहरूमा ५ ठाउँ बोरिङ खनेर र मर्मत गरेर पानी सप्लाइ गरिएको उनले बताएका छन् ।

’अमेजनको जङ्गलबाट पानीको काम गर्न युक्रेन आइपुगेको छु । रुस–युक्रेन बोर्डरको गाउँहरूमा ५ ठाउँ बोरिङ खनेर र मर्मत गरेर पानी सप्लाइ गर्दैछु,’ उनले लेखेका छन्, ’सकिन आँट्यो। युक्रेनी गाउँमा खुसीको कुरा पम्प नै नजोडी पानी आफैँ पहिलोपल्ट माथि आयो । बाँकी अन्य सामान्य काम हुने नै भए ।’

हाल रुस–युक्रेनबिच युद्ध चलिरहेको छ । उनले अर्को दुई हप्तामा नेपाल आइपुग्ने बताएका छन् । गत निर्वाचनमा डडेलधुराबाट प्रतिनिधिसभा सदस्यमा देउवासँग चुनाव लडेका थिए । देउवा २५ हजार ५३४ मतका साथ निर्वाचित हुँदा ढकालले १३ हजार ४२ मत पाएका थिए ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री