यी हुन् दराजको ‘बिक्रेता सम्मेलन’ अवार्डका विजेता

काठमाडाैँ । नेपालको अग्रणी ई–कमर्स ब्राण्ड, दराजले  ‘विक्रेता सम्मेलन’को आयोजना गरेको छ। ललितपुरको हेरिटेज गार्डेनमा आयोजित कार्यक्रममा दराजका पदाधिकारी तथा विक्रेताहरु सहभागी भएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै दराजका प्रबन्ध निर्देशक आँचल कुँवरले कम्पनी संग आवद्ध विक्रेताहरूलाई उत्कृष्ट अनुभव  प्रदान गर्ने प्रतिवद्धता जनाईन्।

‘बिक्रेताहरू दराजका मेरुदण्ड हुन्। दराजको रोमाञ्चक यात्रामा अटल सहयोग प्रदान गर्नुभएकोमा सम्पूर्ण विक्रेताहरुमा आभार प्रकट गर्न चाहन्छु। दराज अहिले जहाँ छ, यो स्थानमा पुग्नमा तपाईंहरुको ठूलो हात छ र तपाईंहरु बिना यो सम्भव हुँदैन थियो’ उनले भनिन्।

हालै सम्पन्न ११.११ सेलको सफलताको चर्चा गर्दै उनले थपिन्, ‘चाडपर्वको समयमा पर्ने हाम्रो ११.११ सेलमा बिक्रेताहरूले दिनुभएको साथको कारणले गर्दा हामी हरेक वर्ष अपेक्षा गरे भन्दा धेरै राम्रो गर्न सफल हुँन्छौं र यो भविष्यमा पनि कायम रहनेछ। यसका साथै हामी बिक्रेता तथा खरिदकर्ता सबैलाई उत्कृष्ट अनुभव प्रदान गर्दै लजिस्टिक सेवा विस्तार गरेर विश्वस्तरीय सेवा प्रवाह गर्नेछौं।’

कार्यक्रममा विभिन्न श्रव्य दृश्य सामग्रीहरू प्रस्तुत गरेर बिक्रेताहरूलाई बिक्री र व्यवस्थापनको बारेमा जानकारी पनि प्रदान गरिएको थियो। बिक्रेताहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा अवार्ड समारोह राखिएको थियो। जहाँ गत वर्षका १४ उत्कृष्ट विक्रेताहरुलाई विशेष विधाका ट्रफी, १० हजार रूपैयाँ बराबरको दराज भाउचरका साथै आकर्षक उपहारहरु प्रदान गरिएको थिय।

दराजका परिचालन अधिकृत, विमल अर्यालले कार्यत्रममा ई-कमर्सको महत्वको बारेमा चर्चा गरे। उनले उपस्थित सहभागीहरुलाई दराजले डेलिभरी गर्ने स्थानहरु, पूर्वाधार, डेलिभरी क्षमता र गुणस्तरको बारेमा विस्तृत जानकारी प्रदान गरेका थिए।

सम्मेलनमा बोल्दै दराजका व्यवसाय निर्देशक प्रबिन रुक्शानले दराजले नेपालका साना तथा मझौला उद्योगहरुको विकाशमा गरेको योगदानको बारेमा चर्चा गरे।

त्यसैगरी कार्यक्रमका उद्घोषक श्रिजल रुपाखेतीले कार्यक्रममा आएका सबै प्रमुख अतिथि, वक्ता, विक्रेता र साझेदारहरूलाई आयोजकको तर्फबाट आभार व्यक्त गरेका थिए। दराजले आफ्ना विक्रेता र ग्राहकहरूलाई उच्च गुणस्तरीय सेवाहरू प्रदान गर्न जारी राख्ने प्रतिबद्धतालाई पुनः पुष्टि गर्दै कार्यक्रम समापन गरिएको थियो।

दराज ‘विक्रेता सम्मेलन’ अवार्डका विजेताहरुको सूची यस प्रकार छः

उत्कृष्ट विक्रेता – एफएमसिजि : सिटाफिल
उत्कृष्ट विक्रेता – फेसन : टाइटन अफिसिएल
उत्कृष्ट विक्रेता – इलेक्ट्रोनिक्स : सावोमी (भिट्सल इम्प्लेक्स)
उत्कृष्ट विक्रेता – लाइफ्स्टाईल : प्रोटिन नेपाल
पिपुल्स च्वाइस : सुजना ज्वेलर्स
प्रफर्मेन्स  एक्सिलेन्स : कम्पयुटेक
मनै देखि नेपाली : जुभारा
लाइफटाइम अचिभमेन्ट : आई ई सि
सेलर अफ द ईएर :  अल्टिमा लाइफ्स्टाईल
टप न्यू एसएमई सेलर : विराट हेल्थक्यर इन्डस्ट्रिज
फ्रि डेलिभरी लेजेण्ड : पेबल्स् नेपाल
ई एल पि एक्सिलेन्स : आफ्नो पसल
फ्ल्यास सेल च्याम्पियन : ई मेला
मस्ट एक्टिभ सेलर : युनिलिभर

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री