‘एउटै बर्को पिरतीको आधा आधा ओढौ’ भन्दै सुरेश र मनु

काठमाडौं । सुरेश लामा र मनु दाहालको स्वरमा रहेको गीत ‘एउटै बर्को पिरतीको आधा आधा ओढौ’ सार्वजनिक भएको छ । किरण के उप्रेतीको शब्द, नवीन कार्कीको संगीत र विशाल निरौलाको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

मनोज राजभण्डारीको निर्देशन गरेको भिडियोमा आकाश श्रेष्ठ र करुणा श्रेष्ठलाई फिचर्ड गरिएको छ । रामेश्वर हुमागाईंको छायांकन रहेको भिडियोको सम्पादन मित्र डी.गुरुङको छ ।

सुरेश पाण्डेको कोरियोग्राफी रहेको भिडियोमा आकाश र करुणाको केमेस्ट्री जमेको छ । भिडियो गायिका मनु दाहालको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री